राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विच्छा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।
नवनियुक्त सदस्यहरूमध्ये पौडेल र विच्छाले शुक्रबारर शपथ ग्रहण गरिसकेको छ भने बुढाथोकी काठमाडौँ बाहिर भएकाले शपथ ग्रहण गर्न बाँकी छ । सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको छ । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।
प्रतिक्रिया