हैदराबादमाथी चेन्नाईको सानदार जित

काठमाडौं । चार पटकको च्याम्पियन टोली चेन्नाई सुपर किंग्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा चौथो जित निकालेको छ ।

चेन्नाईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नाईको जितमा ओपनर डेभन कन्वेले ५७ बलमा १२ चौका र १ छक्कको सहयोगमा ७७ रनको अर्धशतकीय ईनिङ खेले । कन्वेले ३३ बलमा अर्धशतक पूरा गरेका थिए ।

अर्का ओपनर ऋतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए ।

हैदराबादका लागि मंयक मारकन्डेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो ।

हैदराबादका लागि अभिषेक शर्माले २६ बलमा सर्वाधिक ३४ रन बनाए । राहुल त्रिपाटीले २१ तथा हेनरिक केल्सनले १७ रन बनाए ।

मार्को यानसन २७ रनमा अविजित रहँदा कप्तान एडेन माक्ररमले १२ रन बनाए ।

चेन्नाईका लागि रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना,महेश थिक्सना र आकाश सिंहले समान ११ विकेट लिए ।

छैटौं खेलमा चौथो जित हात पारेको चेन्नाई ८ अंक सहित १० टोली सहभागी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

छैटौं खेलमा चौथो हारका साथ हैदराबाद अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर