राजनीतिले नेपालको खेल क्षेत्र थिलोथिलो : रामबोश

भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोश श्रेष्ठले नेपालको खेलकुद क्षेत्र राजनीतिको थलो बन्दा थिलोथिलो बनेको बताएका छन् ।

रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले खेलाडीका लागिभन्दा पनि राजनीतिकर्मीहरूले आफ्नो स्वार्थको परिपूर्तिका लागि खेलकुद मन्त्रालय प्रयोग गर्ने रोगकै कारण खेल क्षेत्र थिलोथिलो बनेको उल्लेख गरे ।

श्रेष्ठले खेलाडीहरू विदेश पलायन हुने क्रम जारी रहे यसले खेल क्षेत्रलाई मात्र घाटा नभ ई समग्र देशलाई हानी पुग्ने बताउँदै उनले लामो समयसम्म लगानी गरेर उत्पादन गरिएका खेलाडी विदेश पलायन हुने क्रम बढे खेलाडी देशका गहना हुन भन्ने मान्यता मात्र मान्यतामा  सीमित रहने आशंका व्यक्त गरे ।

सकेसम्म कुनै सांसदको रोजाइमा नपर्ने खेलकुद मन्त्रालय भएकाले लामो समयसम्म सरकार गठन हुँदासमेत खेलकुद मन्त्रालयले मन्त्री पाउन नसेकेको बताउँदै उनले राजनीतिक दल र तीनका नेताहरूको सोचमा खेल क्षेत्रको मार्गचित्र वा धारणा स्पष्ट नभएसम्म देशमा खेल क्षेत्रको विकास नहुने ठोकुवा गरे ।

विगतमा खेल क्षेत्रमा लागेर जीवन जोहो गर्न नसक्ने अवस्था रहेता पनि पछिल्लो समयमा बिस्तारै खेल क्षेत्रमा लागेर जीवन जोहोका साथ देशको नाम विश्वमै परिचित गराउन सक्ने वातावरण बन्दै गएकोमा उनले सन्तोष जनाए ।

उनले भने, “पहिला, पहिला अभिभावाकहरूले आफ्ना सन्तानलाई खेलकूद क्षेत्रमा भविष्य नभएको बताउने गरेता पनि पछिल्लो सयम सबैको सोचमा आएको सकारात्मक परिवर्तनले नेपाली खेल क्षेत्रको भविष्य उज्ज्वल बन्नेमा म आशावादी छुँ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर