केन्द्रीय बैंकद्वारा विभिन्न वाणिज्य बैंकहरूमाथि कारवाही

काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक र त्यसका अध्यक्ष, सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) माथि कारबाही गरेको छ । राष्ट्र बैंकले विभिन्न कसुरहरूमा शुक्रबार ९ वटा बैंक र र्सिइओलाई १५ करोड ३७ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

राष्ट्र बैंकका अनुसार तत्कालीन क्रेडिट एन्ड कमर्श बैंक (हाल कुमारी बैंक) लाई सहुलियतपूर्ण कर्जा कार्यविधिविपरीत एउटै समूहलाई बढी दिएको लगायतका कसुरमा सचेत गराइएको छ । सो बैंकले कतिपय कर्जाहरूको प्रिमियम दर परिवर्तन गर्ने र पर्याप्त कर्जा नोक्सानी व्यवस्थापन समेत नगर्दा यस बैंकका सिइओ कारबाहीमा परेका हुन् ।

सो बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई पाँच लाख रुपैयाँ तिराएको छ । त्यस्तै, कुमारी बैंक लिमिटेडले पनि सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नगर्दा निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिँदा र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगर्दा त्यस बैंकका सिइओलाई पनि सचेत गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराइएको छ । यसका साथै तत्कालीन सेन्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक) लाई गत साउन र भदौ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले २ करोड ८४ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

सोही कसुरमा नेपाल बैंक लिमिटेडलाई पनि १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकलाई चार करोड ४२ लाख ४६ हजार रुपैयाँ जरिवाना तिराइएको छ । कृषि विकास बैंक लिमिटेडलाई ६९ लाख ५८ हजार ८ सय ३१ रुपैयाँ र हिमालयन बैंक लिमिटेडलाई ७१ लाख ७२ हजार ९ सय ५९ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर