तनहुँका रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेका पिताको गाडी तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका पिता चढ्ने गाडी तोडफोड गरिएको छ।

तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको कारमाथि बिहीबार राति तोडफोड गरिएको हो । कारको बायाँ भागको सिसा फुटाइएको छ भने कारमा इँटले हानेको देखिएको छ। तोडफोड गर्ने उपद्रवकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर