सहकारीमा चोरी गर्दागर्दैको अवस्थामा १ जना पक्राउ

भक्तपुर । भक्तपुरमा मध्यराति ताला फोडेर सहकारीको अफिस चोरी गर्दागर्दै एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको भुमेस्थान गाउँपालिका–३ ढाकरेका ५६ वर्षीय शुत्रबहादुर तामाङ छन्। बिहीबार राति पौन १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार धन्सारचोकमा रहेको प्रकाशजंग थापाको घरमा रहेको सहकारीको अफिसको ताला तोडेर चोरी गर्दै गरेको भनी केही स्थानीय जनताले प्रहरीमा खबर गरेको थियो।
तत्कालै प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो। तामाङले मुख्यढोका फोडेर सहकारीभित्र प्रवेश गरेर चोरी गर्न लाग्दै गर्दा पक्राउ परेका हुन् । चोरीमा संलग्न अन्य ३ जना भने फरार भएको प्रहरीले जनाएको छ। कालो कपडा लगाएका उनीहरू लुभुतिर भागेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको छ।
प्रतिक्रिया