कोलकत्तालाई हराउदै दिल्लीको पहिलो जित
काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जित हात पारेको छ।
छैटौं खेलमा पहिलो जित निकाल्नेक्रममा दिल्लीले घरेलु मैदानमा भएको खेलमा कोलकत्ता नाईट राईडर्सलाई ४ विकेटले पराजित गरेको छ ।
कोलकत्ताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका लागि ओपनर तथा कप्तान डेबिड वार्नरले ४१ बलमा ११ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।
मनिष पान्डे २१ रनमा आउट हुँदा अक्षर पटेल १९ रनमा अविजित रहे । पृथ्वी शाले १३ रन बनाउँदा ललित यादव ४ रनमा अविजित रहे ।
कोलकत्ताका लागि अनुकुल रोय,वरुण चक्रवर्ती र कप्तान नितिश राणाले समान २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारिक ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय २७ रन मात्र बनायो ।
कोलकत्ताका लागि ओपनर जेसन रोयले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए ।
आन्द्रे रसलले ३१ बलमा अविजित ३८ रन बनाउँदा मन्दिप सिंहले ११ बलमा १२ रन बनाए ।
कोलकत्ताका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि एनरिच नोर्किया,अक्षर पटेल,कुलदिप यादव र ईशान्त शर्माले समान २र२ तथा मुकेश कुमारले १ विकेट लिए ।
छैटौ खेलमा पहिलो जित हात पारेको दिल्ली २ अंक सहित पुछारमा रहेको छ।
छ खेलमा तेस्रो हार सामना गरेको कलकत्ता ६ अंकका साथ आठौं स्थानमा रहेको छ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । एजेन्सी