राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार उक्त जानकारी दिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेल स्वदेशमै उपचार गराउन तयार रहे पनि आफ्नै सल्लाहमा भारतमा गएर उपचार गराउन भनेको कुरा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै बताइसकेका छन् । राष्ट्रपति पौडेलको विदेशमा भइरहेको उपचारसम्बन्धमा स्वदेशमा तीव्र आलोचना भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर