साताको अन्तिम दिन बिहीबार घट्यो शेयरबजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.७३ अंकले घटेर एक हजार ९ सय ४ दशमलब ४० विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से १५.१३ अंकले बढेर एक हजार ९ सय २० दशमलब १२ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँबराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०७.८० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २४९.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १०.०४ प्रतिशतले घटेको छ । सामान्यतयाः एक दिनको कारोबारमा कुनै पनि कम्पनीको शेयरमुल्य १० प्रतिशत भन्दा बढीले घटबढ हुन पाउँदैन । तर, आज यसको मूल्य भने १०.०४ प्रतिशतले घटेको छ । यसबारे नेप्सेका सूचना अधिकारी मुरारी पराजुलीले प्राविधिक समस्याका कारण यस्तो भएको हुन सक्ने बताए । यसबारे बुझेर सच्याइने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर