नेपालगन्जबाट सुनका गरगहनासहित दुईजना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्जको न्युरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको छ । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर