बादशाहको नयाँ गीतमा महाकालका पुजारीको आक्रोश

काठमाडौं । भारतीय चर्चित गायक तथा र्‍यापर आदित्य प्रतीक सिंह सिसोदिया (बादशाह) को भर्खरै सार्वजनिक भएको एल्बम ‘सनक’ को एउटा गीत विवादमा परेको छ ।

गीतमा महादेवको नाममा अश्लील शब्द प्रयोग गरेकोमा महाकाल मन्दिरका पुजारी पुजारी पण्डित महेश गुरुलगायत धेरै सन्त, महन्तहरूले आपत्ति जनाएका छन् ।

उनीहरूले गीतबाट भगवानको नाम हटाएर बादशाहलाई माफी माग्न आग्रह गरेका छन् । माफी नमागेमा बादशाहविरुद्ध उज्जैनलगायत अन्य सहरमा मुद्दा दर्ता गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

महाकाल मन्दिरका पुजारीले उक्त गीतले हिन्दु सनातनमा दुरुपयोग भइरहेको आरोप लगाए । उनले भने, ‘यस्ता सबै कुरामा सन्त र कथाकार मौन छन् । फिल्मस्टार होस् वा गायक, भगवानको नाममा अश्लीलता फैलाउने अधिकार छैन उनीहरुलाई देशभर एकैसाथ कारबाही गर्नुपर्छ । यसरी सबैले सनातन धर्मको गलत व्याख्या गरिरहनेछन्, हामी यसको विरोध गर्छौं ।’एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर