आज ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिनाले दोष नलाग्ने

काठमाडौं । आज विहीबार वैशाख शुक्ल औँसी वैशाख ७ गतेका दिन लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन । उनले यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने बताए। यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ ।

आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले प्रस्ट पारे । वैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने अधिकारीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर