काठमाडौंमा २१ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारका दिनसम्म २१ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा उपचारत् छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २१ जना आइसोलेसमा उपचाररत् छन् ।संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये सात जना आईसियु र तीन जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मन्त्रालयका अनुसार २४ घन्टामा २४ सय ५० को कोरोना परीक्षण गर्दा एक सय आठ जना संक्रमित थपिएका छन् । सोही समयमा ६६ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर