वायु प्रदूषण नियन्त्रण गर्न सांसद राणाको माग

काठमाडौं । सत्ताधारी नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण समाधान गर्न सरकारले चालेका कदम जानकारी गराउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद राणाले उक्त माग गरेका हुन्।
सांसद राणाले भने, ‘केही दिनदेखि उपत्यकावासीलाई श्वास फेर्न गाह्रो हुन लागिरहेको छ। प्रत्येक वर्ष यही समयमा प्रदूषण बढिरहेको छ। यसका मूख्य तीन वटा समस्या छन्। पहिलो, यो समयमा डँढेलो लागेर उपत्यकाका वरिपरिका जङ्गलबाट धुवाँ निस्किने। अर्को कुरा उपत्यकाको बाटो हामी सबैलाई थाहा नै छ। र अर्को सवारी साधनबाट उत्सर्जन हुने धुवाँ, मेरो सरकारलाई प्रश्न छ यो नियन्त्रण गर्न अल्पकालीन र दीर्घकालीन समाधान के के हुनु ? यसमा काम गर्न सरकारलाई के समस्या हो ? जानकारी होस्।’
प्रतिक्रिया