त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणमा सफलता

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दशौं कलेजो प्रत्यारोपण सफल भएको छ। अस्पतालमा मंगलबार प्रत्यारोपण भएको हो।

कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्। ‘हिजो दशौं बिरामीमा मिर्गौला प्रत्यारोपण सफल भएको छ,’ डा भण्डारीले भने, ‘अब प्रत्यारोपण नियमित हुन्छ।’

अस्पतालमा यसअघि पुस २९ गते कलेजो प्रत्यारोपण गरिएको थियो। अस्पतालमा दशौं कलेजो प्रत्यारोपण सफल भएपछि डा. भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

Ramesh Singh Bhandari

10TH LIVER TRANSPLANT TUTH.
A great day indeed!!!
I am very much pleased to share that we did our 10th living donor liver transplant yesterday. All going good so far. Please pray for the speedy recovery of our donor and recipient( Wife to husband). Congratulations to everyone of us involved in Liver transplant TUTH and always grateful to all the supporting hands. Special thanks to Dr Vishal Chorasiya, Delhi for his help in 10th LDLT procedure.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर