कोरोना लागेमा ७ दिन आइसोलेसनमा बस्न स्वाथ्य मन्त्रालयको सल्लाह

काठमाडौँ । कसैलाई पनि कोरोना भाइरस लागेको खण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य सात दिनसम्म आइसोलेसनमा बस्न सल्लाह दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कुनै पनि लक्षण नरहे पनि पाँच दिनसम्म आइसोलेसनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घन्टाभित्र ज्वरोको औषधि नखार्इ नै ज्वरो कम भएको भए भने आइसोलेसनमा बस्नु नपर्ने बताए । सात दिनसम्म आइसोलेसनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरू मानिसको सम्पर्कमा नआउनसमेत डा. अधिकारीले सल्लाह दिएका छन् ।

मन्त्रालयले आइसोलेसनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुुन आग्रह गरेको छ । अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र मंगलबार मात्रै एक सय ७१ जना संक्रमित हुनाका साथै दुई जनाको मृत्यु तथा सक्रिय सङ्क्रमितको संख्या तीन सय ९७ जना पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर