त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निश्चित अवधिका लागि सेवा प्रभावित हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्ति प्रणालीको सुदृढ गर्नुपर्ने भएकाले बिहीबारदेखि त्यहाँबाट कुनै पनि हवाई उडान तथा अवतरण नहुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले बिहीबार मध्याह्न १ बजेदेखि अपराह्न ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने जानकारी दिए ।

उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम भइरहेकाले निश्चित समयसम्मका लागि उडान अवरुद्ध हुनेछ । सो समयमा उडान परेका यात्रुले सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर