राष्ट्रपति पौडेललाई थप उपचार गर्न नयाँदिल्लीतर्फ लगिँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारतको राजधानी नयाँदिल्लीतर्फ लगिएको छ ।

राष्ट्रपति पौडेललाई श्रीएअरको एअर एम्बुलेन्समार्फत नयाँदिल्लीस्थित अल इन्डिया इन्स्चिच्युट अफ मेडिकल साइन्सेसतर्फ लागिएको हो । छातिमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको थियो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर