पार्किङ भवन भत्किँदा एकको मृत्यु भएको छ भने ५ घाइते

काठमाडौं । अमेरिकाको न्युयोर्क शहरमा बहुतले पार्किङ भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

न्युयोर्कको ब्रुकलिन ब्रिज नजिक रहेको तीन तले उक्त ग्यारेजमा सयौं कार पार्किङमा रहेकोमा ग्यारेज भत्केपछि थुप्रै‌ कारहरुमा क्षति पुगेको छ ।

केही व्यक्ति पार्किङको क्रममा रहेको बेला एक्कासी ग्यारेज भत्किएको थियो । पार्किङस्थल भत्केपछि नजिकैको क्षेत्रमा भूकम्पको धक्का जस्तो कम्पन भएपछि मानिसहरु घरबाहिर निस्केका थिए ।

ग्यारेजमा फसेका कर्मचारीहरुलाई उद्धार गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर