मिटरब्याजपीडितमाथि भएको ज्यादतीको छानबिन गरिने

काठमाडौं । मिटरब्याजपीडितहरुको आन्दोलनमाथि सोमबार भएको प्रहरी हस्तक्षपेको सत्य, तथ्य छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उक्त विषयमा जानकारी दिएका थिए।
प्रतिक्रिया