एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल विजयी

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय योगदान गरे । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७० तथा सार्कीले ५ चौकाको मद्दतमा ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।

उनीहरूका अलावा कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेल ३८ रनको पारी खेले । ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर