चीनको अर्थतन्त्रमा ४.५ प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०२३ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र गत वर्षको तुलनामा ४.५ प्रतिशतले बढेको छ । यसले बेइजिङको कडा शून्य कोभिड–१९ु नीतिको अन्त्यपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र दृढताका साथ सकारात्मक बाटोतर्फ लागेको संकेत गरेको छ ।

सार्वजनिक भएका अन्य आधिकारिक आर्थिक तथ्यांकले समेत अर्थतन्त्र सकारात्मक दिशातर्फ बढेको संकेत गरेका छन् । नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्यांकअनुसार खुद्रा बिक्री वार्षिक रूपमा १०.६ प्रतिशतले बढेको छ । जबकि मूल्य अभिवृद्धि सेवा उत्पादन ५.४ प्रतिशतले बढेको छ ।

मूल्य अभिवृद्धि औद्योगिक उत्पादन वार्षिक रूपमा ३ प्रतिशतले बढेको छ । तर, उत्पादनको मापन गर्ने खरिद प्रबन्धक सूचकांक फेब्रुअरीमा ५२.६ बाट ५१.९ मा झरेको छ। ५० भन्दामाथिको कुनै पनि बिन्दुलाई बढेको नै मानिन्छ ।
चीनको अर्थतन्त्र गत वर्ष मात्र ३ प्रतिशतले बढेको थियो । जुन सन् १९७६ यताकै दोस्रो न्यून वृद्धि हो । महिनौँसम्म चीनले कोभिड–१९ को महामारीविरुद्ध कडा नीति लागू गरेपछि यसको आर्थिक क्रियकलापहरूमा संकुचन आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर