फिल्म निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्ण भट्टविरुद्ध ठगी मुद्दा दर्ता

काठमाडौं । भारतीय फिल्म निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्ण भट्टविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

उत्कृष्ट फिल्मका लागि चिनिने विक्रम यो समयमा विवादमा परेका छन् । हालै सेरा सेरा प्रोडक्सनले विक्रम र उनकी छोरीलाई १ करोड ४० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएको हो ।

सेरा सेरा प्रोडक्सनले बावुछोरीविरुद्ध उजुरी अम्बोली प्रहरीले दर्ता गरेको छ । महानगरीय मजिस्ट्रेट अदालतको निर्देशनमा अम्बोली प्रहरीले सो उजुरी दर्ता गरेको हो ।

उजुरीका अनुसार मार्च २०२२ मा सेरा सेरा बक्स अफिस प्रोडक्सन र विक्रमबीच सम्झौता भएको थियो । यो सम्झौता अनुसार प्राप्त गरेको नाफा दुवैले आपसमा बाँडफाँड गर्नुपर्ने थियो । तर, विक्रम र उनको छोरीले नाफा नदिएको सेरा सेरा बक्स अफिस प्रोडक्सनले दाबी गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यो उजुरी केही साता अगाडी दर्ता गरिएको हो । विक्रमको पक्षका रिजवान सिद्दिकीले विक्रमविरुद्ध दर्ता भएको उजुरी पूर्णतया आधारहीन रहेको र यस विषयमा बम्बई उच्च अदालतमा चुनौती दिने बताएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर