सिंहदरबारको फोहोर नउठाइएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाएको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा आज (मंगलबार) सुनुवाइ हुनेछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिट परेको थियो ।
अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइटमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नुपर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर