वातारणीय समस्या निम्ताउने हामी आफैँ : डा. गोसाइँ

भक्तपुर । वातावरणविद् डा. कमलराज गोसाइँले नेपालमा बढ्दो वातावरण परिर्वतन प्रमुख कारण सरकारको अपूरो नीति जिम्मेवार रहेको बताएका छन् ।

रफत सञ्चार क्लबमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा डा. गोसाइँले वातावरणविद्हरु र त्यसका सरोकारवालाहरुले दिएको सुझावलाई सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव मुलुकको वातावरण परिवर्तनमा देखिएको उल्लेख गरे ।

काठमाडौं उपत्यका लगायत नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदूषणको समस्या उस्तै रहेको गोसाइँले बताउँदै यसको समाधानको लागि सरकारले बैकल्पिक र नवीकरणीय ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

अनवीकरणीय ऊर्जा प्रयोग गर्ने सवारीसाधनको प्रयोगमा कमी ल्याउँदै बिद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्न सकिए मात्र पनि वायु प्रदूषण निकै कम हुने उनलेले बताए ।

सरकारले बिद्युतीय सवारीसाधनको कर कम गर्नुपर्नेमा जोड दिँदै उनले नेपालीहरुलाई यस्ता सवारीसाधन प्रयोग गर्न उत्साह प्रदान गर्न सके पनि वायु प्रदूषण कम गर्दै जलवायु परिवर्तनमा सकारात्मक प्रभाव देख्न सकिने विचार व्यक्त गरे । वातावरणीय प्रभाव मूल्याङकन नगरी विकासको नाममा जथाभावी भौतिक संरचनाहरु निर्माण र बिस्तारले बाढीपहिरो जस्ता विपद् निम्तिएको डा. गोसाइँले बताए ।

वातावरणीय समस्याहरु समाधान गर्न हरेक व्यक्ति जिम्मेवार रहे यस्ता समस्याहरु समाधान गर्न तीनै तहको सरकारलाई सहज हुने बताउँदै आजैबाट वातावरण सुधारमा लाग्न  गोसाइँले सबैलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर