आईपीएल – चेन्नाई र बेंग्लोर खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।

आईपीएलमा सोमबार चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्ने छन् ।

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।

बेंग्लोर र चेन्नाईले समान ४:४ खेल खेलेका छन् । दुवै टोली आजको खेल जितेर तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।

बेंग्लोर ४ अंकका साथ सातौं स्थानमा रहँदा चेन्नाई समान अंकका साथ छैटौं स्थानमा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच भेटमा चेन्नाई बलियो देखिएको छ । चेन्नाईले ४ जित निकाल्दा बेंग्लोरले मात्र १ जित निकालेको छ ।

यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर