युभेन्ट्स सासोउलोलेसँग पराजित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सलाई सासोउलोले १-० गोल अन्तरले हराएको हो ।

सासोउलोको जितमा ग्रेगोइरे डिफ्रिलले निर्णायक गोल गरे ।

खेलको ६४ औं मिनेटमा डिफ्रिलले गोल गरेका थिए ।

जितसँगै सासोउलोले ३० खेलमा ४० अंक जोडेको छ ।

सासोउलो दशौँ स्थानमा उक्लिएको छ ।

युभेन्ट्स ४४ अंक जोडेर सातौं स्थानमा रहेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर