रास्वपाका सभापति रविका सवारी चालक ३ तलामाथिबाट खसेर गम्भीर घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको ३ तलामाथिबाट खसेर गम्भीर घाइते भएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापा चितवनको भरतपुर-११ स्थित एक घरको ३ तलामाथिबाट खसेर आइतबार राति गम्भीर घाइते भएका हुन् ।

रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा आइतबार राति घरको छतमा सुुतेका थापा सोमबार बिहान करिब ४ बजेतिर घरको छतबाट भुइँमा खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

थापाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । थापाको अहिले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर