सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरे

कठमाडौं । दाङको तुलसीपुरमा रहेकाे कारागारमा तैनाथ सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
आइतबार राति पौने ९ बजे डियुटीमै रहेका बेलामा कञ्चटमा गोली हानेर हवल्दार केसीले आत्महत्या गरेका हुन् । तुलसीपुर ८ टिकरीका ३५ वर्षीय हवल्दार केसीले आफैंलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनले आत्महत्या गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
प्रतिक्रिया