प्रधानमन्त्री प्रचण्ड वैशाखको अन्त्यमा भारत भ्रमणमा जाने सम्भावना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ वैशाखको अन्तिम सातातिर भारत भ्रमणमा जाने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति नेपाल र भारतका कूटनीतिक तहमा छलफल भइरहेको र त्यसको औपचारिक घोषणा छिट्टै हुने विश्वास गरिएको छ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हुनेछ । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याको सम्बन्धमा भारत र चीन दुबै मित्रराष्ट्रहरूसँग कुराकानी गर्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर