गण्डकी प्रदेशले स्थिर सरकार पाउने, मुख्यमन्त्रीमा माओवादी

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार चलाउनेसम्बन्धमा सहमति भएको छ । नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि सरकार सञ्चालन समबन्धी दुई दलबीच उक्त सहमति भएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूबीच राजनीतिक छलफल भएपछि गण्डकी प्रदेशमा स्थिर सरकारको बाटो खलेको हो ।

दुई दलका कांग्रेसका महामन्त्री गगन थापा, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस नेता रमेश लेखक, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानसहित छलफल भएको बताइएको छ । सुरुमा मुख्यमन्त्री भने माओवादीले पाउने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर