ढाकाकुमार श्रेष्ठमाथि संघीय संसद् सचिवालयले कारबाहीबारे अध्ययन गर्ने

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले साधारण सदस्य समेत नरहने गरि खारेज गरेका सांसद ढाकाकुमार श्रेष्ठमाथि संघीय संसद् सचिवालयले गरेको कारबाहीबारे अध्ययन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाही राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार कानुनसम्मत छ कि छैन भनेर संसद सचिवालयले आइतबारबाट अध्ययन गर्न लागेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्‍मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर