एमबाप्पे पीएसजीका लागि सर्वाधिक गोलकर्ता खेलाडी बने

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको १९ औं मिनेटमा अब्दुल सामेदले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटियो ।

खेलको ३१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस गोलसँगै एमबाप्पे लिग वान फुटबलमा पीएसजीका लागि सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् ।

एमबाप्पेले १६७ लिग खेलमा १३९ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

उनले एडिन्सन काभानीको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् ।

खेलको ३७ औं मिनेटमा भितिन्हाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

४० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ६० औं मिनेटमा लेन्सका फ्रान्कोवस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए पनि पीएसजी ३-१ ले विजयी भयो ।

जितसँगै पीएसजीले लिगमा ९ अंकको अग्रता बनाएको छ ।

पीएसजीले ३१ खेलमा ७२ अंक जोडेको छ ।

लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर