निद्रामा समस्या हुने मानिसमा डिमेन्सियाको जोखिम

काठमाडौं । निद्रामा समस्या हुने मानिसमा डिमेन्सियाको जोखिम हुने अध्ययनले पत्ता लगाएको छ ।

स्लिप रिसर्च जर्नलमा प्रकाशित अध्ययनअनुसार निद्रामा समस्या हुने, पटक–पटक राति निद्राबाट ब्युँझिरहने वृद्धहरूमा डिमेन्सिया विकास हुने वा कुनै पनि कारणबाट चाँडै मर्ने जोखिम उच्च हुन्छ । हार्वर्ड मेडिकल स्कुल मेडिसिनका निर्देशक, निद्रा विज्ञ रेबेका रबिन्सका अनुसार अध्ययनको नतिजाले सबै कारण मृत्युदरको जोखिम कम गर्नका लागि हरेक रातको निद्राले महत्त्वपूर्ण भूमिका खेल्छ ।

ध्इध् द्दछण्८द्दछण्
धेरै रात निदाउन समस्या भोग्ने मानिसहरूलाई कुनै पनि कारणबाट प्रारम्भिक मृत्युको खतरा ४४ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । त्यस्तै, प्रायः रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा मृत्युको जोखिम ५६ प्रतिशत बढी हुने हुन्छ । नियमित सुत्न गाह्रो हुने मानिसमा डिमेन्सियाको जोखिम ४९ प्रतिशत र रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा डिमेन्सियाको जोखिम ३९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।

वल्र्ड स्लिप सोसाइटीका अनुसार निद्राको अभावले विश्वको ४५ प्रतिशत जनसङ्ख्याको स्वास्थ्यलाई जोखिममा पु¥याइरहेको छ । निद्रामा समस्या भएमा मधुमेह, स्ट्रोक, हृदय रोगसहित विभिन्न रोगको जोखिम उच्च हुन्छ । उमेरको आधारमा प्रत्येक रात सातदेखि १० घण्टाको निद्रा पाउनु पर्ने हुन्छ । ९सिएनएन० एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर