सेना र सरकारी अर्धसैनिक बल बीचको भिडन्तमा २५ को मृत्यु,४ सय भन्दा बढी घाइते

काठमाडौं । सुडानमा सत्ता संघर्ष चुलिएको छ । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा २५ जनाको मृत्यु भएको छ । घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् ।

मारिनेमा संयुक्त राष्ट्रसंघका ३ जना कर्मचारी पनि रहेका छन् ।

सुडानको अर्धसैनिक बल ‘र्‍यापीड सपोर्ट फोर्सेस’ (आर.एस.एफ) ले राजधानी खार्तुममा रहेको राष्ट्रपति भवन, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण गर्दा स्थिती हिंसात्मक बनेको हो ।

राजधानी खार्तुम शहरको आकाश गोला बारुदको धुवाँले भरिएको छ ।

सुडानमा सेनाको नेतृत्वमा रहेको सरकारले नागरिकलाई सत्तााको बागडोर सुम्पिन ढिलाई गरेको भन्दै आर.एस.एफ हिंसामा उत्रिएको हो ।

हिंसाकै बीच सो समुहले एक विज्ञप्ति जारी गर्दै सुडानको डार्फर, खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । सो समुहको नेतृत्व सुडानको सार्वभौम परिषद्का उपनेता मोहमद हमदान डगालोले गरिरहेका छन् ।

सेनाले भने उनलाई फरार अपराधी भन्दै शहरका भित्ताहरुमा पोष्टर टाासेरै खोजी गरिरहेको छ । सेनाले सन् २०२१ मा उक्त परिषद् भंग गरेको घोषणा गरेपछि सुडानमा सेना र राजनीतिक पार्टीबीच नयाँ द्वन्द्व सरू भएको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर