मिथिला क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै​​​​​​​

काठमाडौं । मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिन जुडशीतल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै पहिलो दिन शुक्रवार ‘सतुवाइन’ र आज (शनिबार) दोस्रो दिन ‘जुडशीतल’मनाइन लागिएको हो ।

यो पर्वमा ज्येष्ठश्रीले शीतल जल परिवारका सदस्यको शिरमा छर्कंदै सकारात्मक ऊर्जा र शीतलताका लागि आशीर्वाद दिने प्रचलन छ। ‘सतुवाइन’ मा जौ र चनाको सातु तथा सर्बत खाने र खुवाइने परम्परा छ । आज वर्षभरि सहकालको कामना गर्दै जीउमा हिलो छ्‌यापेर नुहाउने गरिन्छ ।

मिथिला संस्कृतिमा नयाँ वर्षले जीवनमा शीतलता प्रदान सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मत्थेर कढी पकाएर खाने परम्परा छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर