देशभर कोरोनाको ग्राफ बढ्दै, उपत्यकामा ३२ जना आइसोलेसनमा

काठमाडौं । देशभर कोरोनाको ग्राफ बढ्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १४ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय ३६ जना कोरोना सङ्क्रमित थपिएका छन्। संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ३२ जना संस्थागत आइसोलेनमा भर्ना भएका छन्। जसमध्ये ११ जना आइसियु र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

नेपालमा संक्रिय संक्रमितको संख्या ४ सय १ रहेका छन्। मन्त्रालयले यसअघि नै सूचना प्रकाशित गर्दै मास्क लगाउन आग्रह गरिसकेको छ । मास्क नलगाउँदा आफू संक्रमित हुनसक्ने, अरूलाई कोरोना भाइरस सर्ने तथा अन्य सरुवा रोग लाग्न सक्ने भन्दै मन्त्रालयले नसचेत गाइसकेको छ । मन्त्रालयका अनुसार मास्क नलगाउँदा संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने, थुक र सिँगानका स–साना छिटाका माध्यमबाट संक्रमण सर्नसक्छ।

मास्क नलगाउँदा अरूलाई कोरोना भाइरस सर्ने सम्भावना रहिरहने र कोभिड–१९ बाट मात्र नभई अन्य सरुवा रोग एव्. धुँलोधुवाँबाट पनि संक्रमित हुने सम्भावना बढ्ने विज्ञहरूको सल्लाह छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर