प्रधानमन्त्री प्रचण्डलाई प–यो डर, कतै आन्दोलनको उपलब्धि गुम्ने त हैन ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, “संविधानसभामै उल्लेख भइसकेका र आत्मसात् गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको छ ।”

उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे । प्रधानमन्त्रीले वर्तमान समयमा आफ्नो पार्टी नेकपा ृमाओवादी केन्द्रे सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको भनी चिन्ता व्यक्त गरे ।
उनले जिम्मेवारीबोध गरी सङ्घर्ष नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्ने चेतावनी पनि दिए ।

उनले भने, ‘संविधानसभाबाट भएको घोषणालाई पनि आत्मसात् गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, वितर्क गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ । त्यो ठूलै छ । अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यस कारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरूलाई बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपुर्याउने, जिम्मेवारीबोध नगर्ने हो, सङ्घर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्छ । त्यस कारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन जरुरी छ । सरकारलाई जनमुखी बनाउने, जनताको आशाअनुसार काम गर्ने चुनौती छ । त्यसैले योजनाबद्ध गर्ने कुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर