सानेलाई मुक्का हान्दा माने निलम्बित

 काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले फरवार्ड साडियो मानेलाई निलम्बित गरेको छ ।

टिमका अर्का सदस्य लोरी सानेलाई मुक्का हानेको समाचार बाहिरिएपछि बायर्नले मानेलाई निलम्बन गरेको हो ।

बायर्नले मानेलाई निलम्बन गर्दै शनिबार होफेनहाइमविरुद्धको खेलमा टिम बाहिर राखेको छ ।

मंगलबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा मानेले सानेको अनुहारमा प्रहार गरेको जर्मन अखबारले समाचार छापेको थियो ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बायर्नलाई सिटीले ३-० ले हराएको थियो ।

बायर्नले सेनेगल फरवार्ड मानेलाई ुदुर्व्यवहारु को कारण टिम बाहिर गरिएको र उसलाई जरिवाना पनि लगाइने पुष्टि गरेको छ ।

माने र सानेले भने झगडाबर कुनैपनि प्रतिक्रिया दिएको छैन । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर