भक्तपुरको बिस्का जात्राको लिंगो साँझ ७ : ४१ मा ठड्याइयो

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख शहरमध्ये एक प्राचीन वस्ती भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक बिस्का जात्राको परम्पराअन्तर्गत लिंगो उठाउने कार्य बिहीबार सम्पन्न भएको छ ।

अनेकन् प्रयासको अतिरिक्त लिंगो उठाउने कार्य आज बिहीबार साँझ ७ःः४१ मा सफल भएको हो । लिंगो समयमा नै ठडइएकाले आगामी वर्ष नेपालमा सहकाल आउन सक्ने  परम्परागत विश्वास रहिआएको छ । ५५ हाते लिंगो ठडेपछि भक्तपुर नगरपालिकास्थित अष्टमातृकालगायत अन्य देवदेवीको टोले जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर