प्रधान्यायाधीशको नियुक्तिको प्रक्रिया थाल्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल बार एसोसिएनका प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटघाटमा विगत १४ महिनादेखि सर्वोच्च अदालत कामु प्रधान्यायाधीशको भरमा चलिरहेकोबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको नेपाल बार एसोसिएसनले जनाएको छ ।

बारको प्रतिनिधिमण्डलले तत्काल संवैधानिक परिषद्‌को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकोमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

नेपाल बार एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै १ साताभित्र प्रधानन्याधीश नियुक्तिको प्रक्रिया नथाले आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। नेपाल बारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध तत्कालीन अवस्थामा दर्ता भएको महाभियोगको प्रस्तावलाई पनि टुंगो लगाइनुपर्ने माग गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर