मेयर बालेन्द्रद्वारा राजधानी र सिंहदरबार सार्न सरकारलाई चुनौती

काठमाडौं । प्रचण्ड मन्त्रीमण्डल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच राजनीतिक खिँचातानी जारी छ । गत चैत २८ गते मात्रै नेपाल सरकारले प्रमुख बालेन्द्रलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ। सरकारको सचेततालाई वेवास्ता गर्दै प्रमुख साहले फेरि बिहीबार सामाजिक सञ्जालमा सरकारलाई काठमाडौंको हितमा काम गर्न नसकेमा राजधानी नै सार्न पनि चुनौती दिएका छन् ।

यसअघि साहले काठमाडौंको समस्या समाधान नगरिएको भन्दै सामाजिक सञ्जालमा देश बनाउने हो भने सिंहदरबारमा बस्ने नेताहरूलाई डम्पिङ साइटमा डम्प गर्नुपर्ने तिखो टिप्पणी गरेका थिए ।

प्रमुख साहले बिहीबार सामाजिक सञ्जालमा व्यक्त गरेको भनाइ यस्तो छ, “कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरू पालिकामा सार्नुहोस । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर