नेउवासंघको एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणनामा एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

कूल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बुधवार मतदान भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर