प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यथोचित मिलाउन भारतीय राजदूत क्रियाशील

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ । गृह मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण र सीमा सुरक्षालगायतका विषयमा छलफल भएको बताइएको छ । श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने विश्वास व्यक्त गरेको बताइन्छ ।

सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने विचार उपप्रधानमन्त्री श्रेष्ठले राखेको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम यथोचित मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए ।

भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्न नपरोस् भनेर दुबै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताए । उनीहरूबीच भेटघाटमा नेपालगञ्ज–रूपैडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टिग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत कुराकानी भएको बुझिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर