सर्वोच्च अदालतमा एक साताभित्र प्रधानन्यायाधीश नियुक्त नगरिएमा बारले आन्दोलन गर्ने

काठमाडौं । नेपाल बार एसोसिएसनले एक साताभित्र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरले बुधबार आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण कानून व्यवसायीहरू छाता संगठन बारको पहिलो नै माग सर्वोच्च अदालतमा तत्काल प्रधानन्यायाधीशको नियुक्ति रहेको बताए। अध्यक्ष घिमिरेले एक साताभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलनमा उत्रने चेतावनी दिए ।

त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले मुख्य रूपमा तीन विषयमा आफूहरुको माग रहेको बताए। प्रधानन्यायाधीश नियुक्ति, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथिको महाभियोग प्रस्तावको टुङ्गो लगाउन माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर