हिमपहिरोबाट तीन आरोही शेर्पाको मृत्यु

काठमाडौं । सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा परेर तीनजना शेर्पा आरोहीको मृत्यु भएको छ ।

आधार शिविरभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा परी खुम्बु पासाङ गाउँपालिका ५ का तेम्बा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पाको मृत्यु भएको लाक्पा शेर्पाले जानकारी दिए । मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास गरिए पनि शव निकाल्न नसकिएको उद्धारकर्ता शेर्पाले बताए ।

क्याम्प १ तर्फ जानेक्रममा एक्कासि हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएपछि शव निकाल्न नसकिएको बताइएको छ । इम्याजिन ट्रेक प्रालिबाट हिमाल आरोहणका लागि तीनै जना शेर्पाहरू गाइडको रूपमा सगरमाथातर्फ गएका थिए ।

(तस्बिर : प्रतीकात्मक)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर