नेपालको अन्तराष्ट्रिय वरीयता यथावत

काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।

नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा कायम रहेको छ ।

गत साता जारी वरीयतामा नेदरल्यान्ड्सलाई पछि पार्दै नेपाल १४ औं स्थानमा उक्लिएको थियो ।

नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।

एसोसियट राष्ट्र तर्फ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।

एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी स्कटल्यान्ड मात्र रहेको छ ।

अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर