सांसद ढाकाकुमार श्रेष्ठलाई रास्वपाको साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको बुझिएको छ ।

रास्वपा अनुशासन समितिका सदस्य एवं अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार श्रेष्ठले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई तत्काल प्रतिनिधिसभा सदस्यको पदबाट हटाउन र उनलाई पदमा राखिरहँदा सिंगो पार्टीले नै भ्रष्टाचारमा संरक्षण गरेको देखिने भएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न पनि सिफारिस प्रतिवेदन केन्द्रीय समितिको आज अपराह्न बस्ने बैठकमा पेश गर्ने तयारी गरिएको छ।

अनुशासन समितिलाई पेस गरेको बयानमा श्रेष्ठले प्रसाईंसँग टेलिफोन वार्ता गरेर २ करोड रुपैयाँ मागेको भनिएको अडियोको आवाज आफ्नो नभएको दाबी गर्दै आएका छन् । छानबिन समिति सूत्रका अनुसार, अडियोमा सुनिएको आवाज श्रेष्ठले नभएको भनिएता पनि उनले अन्य आधार पेस नगरेकाले उक्त आवाज श्रेष्ठको ‘हैन भन्न नसकिने ठहर समितिको छ।

रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा, सदस्यमा अधिवक्ता यज्ञमणि न्यौपाने, रमाकान्त रिमाल र रामहरि सुवेदी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर