गीत, संगीतको उदगमस्थल नेपाल : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीत, संंगीत र नृत्यको उत्पत्ति नेपालबाट भएको दाबी गरेका छन् ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग मंगलबार बालकोटमा अन्तरसंवादमा उक्त दाबी गदैृ भने, ‘गीत, संगीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, संगीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो।’

उनले भने, ‘हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि। ती नृत्यको इतिहास कति पुरानो छ । यो सत्ययुगकै कुरा होइन । त्यसैले हामी गीत, संगीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ।’

ओलीले गीत, सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको तर्क गरे । इन्ट्रानेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर