म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा सहज जित निकालेको छ ।

सिटीले मंगलबार राति भएको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई ३-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा हालाण्डले गोल गर्दा सिटी ३-० ले विजयी भयो ।

बायर्नविरुद्धको गोलसँगै हालाण्डले यस सिजन ३९ औं खेलमा ४५ गोल पूरा गरेका छन् ।

एकै सिजन सबैखाले प्रतियोगितामा ४५ गोल गर्ने उनी पहिलो प्रिमियर लिगका खेलाडी बनेका छन् ।

यस जितसँगै सिटी च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ ।

अर्को चरणमा पुग्न बायर्नलाई भने दोस्रो लेगमा फराकिलो जितको आवश्यकता देखिएको छ ।

दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर